नियम १०
परीक्षाको किसिम
(१) नेपाली सेनामा रिक्त रहेको सहायक सेनानी पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्न देहायको परीक्षा लिनु पर्नेछः-
(क) वियरिङ्ग परीक्षा
(ख) प्रारम्भिक स्वास्थ्य परीक्षण
(ग) शारीरिक परीक्षा,
(घ) बौद्घिक परीक्षा (आई.क्यू.),
(ङ) लिखित परीक्षा (अंग्रेजी, नेपाली, गणित र सामान्य ज्ञान),
(च) गुणमापक परीक्षा (टेक्नीकल अफिसर, ग्रुप टेष्टिङ्ग अफिसर, इन्टरभ्युइङ अफिसर र बोर्ड कन्फरेन्स),
(छ) स्वास्थ्य परीक्षण,
(ज) बोर्ड अन्तरवार्ता ।
(२) नेपाली सेनामा रिक्त रहेको सिपाही पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्न देहायको परीक्षा लिनु पर्नेछ ः–
(क) शारीरिक परीक्षा,
(ख) लिखित परीक्षा (सामान्य ज्ञान र नेपाली, अंग्रेजी, गणितको सामान्य जानकारी),
(ग) स्वास्थ्य परीक्षण,
(घ) अन्तरवार्ता ।
(३) नेपाली सेनामा रिक्त रहेको फलोअर्स पदपूर्तिका लागि उम्मेदवारको छनोट गर्न देहायको परीक्षा लिनु पर्नेछ ः–
(क) शारीरिक परीक्षा,
(ख) प्रयोगात्मक परीक्षा,
(ग) स्वास्थ्य परीक्षण,
(घ) अन्तरवार्ता ।
(४) नेपाली सेनामा रिक्त पदमा पदपूर्तिका लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगबाट र अन्य परीक्षा नेपाली सेनाबाट सञ्चालन गरिनेछ ।